९ कार्तिक २०७८, मंगलवार

राजनीतिमा माफिया, व्यापारी र बिचौलिया हावीः अध्यक्ष थापा

kamal
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा इमान्दार र विकासप्रेमी भन्दा पनि माफिया, व्यापारी, विचौलिया व्यक्तिहरु हावी भएको बताएका छन् ।

शुक्रबार हेटौंडामा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले वर्तमान राजनीति भ्रष्टिकरणतर्फ गइरहेकोले युवा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी रहेको उल्लेख गरे । राजनीति समाजसेवाभन्दा पनि व्यापारको रुपमा चलिरहेको भन्दै उनको चिन्ता थियो ।

उनले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र नै धरापमा परेको थापाको बताए । अध्यक्ष थापाले प्रजातन्त्रलाई नै कमजोर पार्ने गरि राजनीतिक पार्टीहरू संवैधानिक अंग कब्जा गर्ने नीतिमा लागेको आरोप लगाए ।

सरकारबाटै यस्तो हुनु नाजायज काम भएको भन्दै उनले आम जनताले यसको नियन्त्रणका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताए । उनले हरेक क्षेत्रलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदा कानुनी राज्यको उपहास र दुरुपयोग भएको बताए ।