७ बैशाख २०८१, शुक्रबार

बलिउड कलाकार सिद्धार्थको निधनको खबरले बिग्रियो प्रेमिका शहनाजको स्वास्थ्य अवस्था

Actor Sidharth Shukla Cremated in Mumbai

बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको हो । उनलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको बताइएको छ। उनी ४० वर्षका थिए।

उनको अचानक निधन पछि, शोक सन्देश, साथीहरु, परिवार, सहकर्मीहरु र प्रशंसकहरुले उनलाई उनको अचानक निधन पछि, शोक सन्देश र साथीहरु, परिवार, सहकर्मीहरु र प्रशंसकहरुले श्रद्धांजलि व्यक्त गरेका छन् ।

उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । सिद्धार्थको निधनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था विग्रिएको मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् ।

article l 2021924514011650476000

उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’

यस्तै, सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् ।

सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।