१३ बैशाख २०८१, बिहीबार

आजदेखि प्रारम्भ भएको काँग्रेसको वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न

nepali congress

नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँ/नगर वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ ।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अधिकांश वडामा सर्वसम्मत, केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा शनिवारसम्म आइपुग्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । ५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडा अधिवेशन शनिवारदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने उहाँले बताउनुभयो ।