७ बैशाख २०८१, शुक्रबार

निश्कर्षबिहिन गठबन्धनका तीन नेताको बालुवाटारमा भएकाे छलफल

Deuba Prachand Madhav Nepal
फाइल फोटो

पाँच दलीय गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका नेता माधवकुमार नेपालबीच शुक्रबार साँझ छलफल भएको छ । प्रधानमन्त्री देउबाको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार बारे छलफल भएको थियाे ।

तीन नेताहरुबीच करीब २ घण्टा भएको छलफल बिना निश्कर्ष टुङ्गिएको छ । सरकारमा सहभागी हुन मन्त्रालयको टुंगो नलाग्दा सरकारले पूर्णता पाएको छैन । दलहरुबीच मन्त्रालयको भागबण्डालाई लिएर विवाद हुँदा डेढ महिनामा पनि मन्त्रिपरिषद् विस्तार नभएर सरकारको सर्वत्र आलोचना भइरहेको छ ।