१४ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीको सहायक निरीक्षक (सई) को नतिजा प्रकाशित

Nepal police

नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशित गरिएको हो ।

अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरूलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सूचित गरिएको छ ।

नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटबाट प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।