७ बैशाख २०८१, शुक्रबार

बलात्कार आरोपमा कांग्रेस रोल्पाका कोषाध्यक्ष पक्राउ

Rape 2

नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । ४३ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा खत्री भदौ ८ गते पक्राउ परेका हुन् ।

खत्रीमाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।