१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओली पछि हटे दश बुँदे सहमति कार्यान्वयनबाट !

uml photo

एमालेमा १० बुँदे सहमति अनुसार ०७५ जेठ २ अनुसार अगाडि बढ्ने भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले त्यसमा कुनै चासो देखाएका छैनन् ।

कटुतापूर्ण अन्तरविरोधलाई विधिसम्मत अन्त्य गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा फर्कने, २०७७ फागुन ४ गतेको निर्णयपछि एमालेमा आएकाहरूलाई राखी अन्यलाई पुरानै अवस्थामा राख्ने कार्यदलबीच सहमति भएको थियो ।

गएकाे असार २७ गते आइतवार १३/१३ घण्टा लामो बैठक बसेर विवाद समाधान कार्यदलका नेताहरूले १० बुँदामा एमाले अन्तरविरोधहरूलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न सहमत भएको जनाएका थिए ।

उक्त सहमतिको २ नं. बुँदामा पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णय सहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने उल्लेख छ ।

UML Statement