१४ बैशाख २०८१, शुक्रबार

दाङमा पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

sisne1630573757

दाङकाे सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरीलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

गएको असार २८ गते निर्माण व्यवसायी यज्ञ केसीले एक महिनामा पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको भएपनि यो बीचमा कुनै काम नभएका कारण निर्माण कम्पनीका प्रतिनिधिलाइ पक्राउ गर्न प्रहरीलाइ निर्देशन दिएकाे दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले बताउनु भयाे ।

निर्पुमाण कम्लपनीले पुल निर्माण समयमा नगर्दा गएराति सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै परिवारका दुइ दिदीबहीनी सहित ४ जना महिलाको मृत्यु भएको छ ।