१६ चैत्र २०८०, शुक्रबार

दाङको सिस्नेखोलाले कार बगाउँदा चार जना महिलाको निधन

car bagaunu 1 1 69

दाङमा खोलाले कार बगाउँदा चार महिलाको निधन भएको छ ।

नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारैजनाको निधन भएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । घटनामा परी घोराही–१३ की ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही–१४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवरको घटनास्थलमा शव फेला परेको थियो ।

सोही घटनामा घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको थियो । बेपत्ता भएकाको शव प्रहरीले आज बिहान ३:०० बजेतिर घोराही–३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

गाडी चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई घाइते अवस्थामा फेला पारेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस