१३ बैशाख २०८१, बिहीबार

गाेरू काट्ने पाँच जना रंगेहात पक्राउ

goru katne arest

गाेरू काट्दै गरेकाे अवस्थामा एक जना पक्राउ परेका छन् ।

शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा बोजेनी बस्ने ६५ वर्षीय सन्तबहादुर वाईबा लगायत ५ जनालाई बिहीवार बिहान प्रहरीले रंगेहात पक्राउ गरेको हाे ।

उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ।