८ बैशाख २०८१, शनिबार

किन आउँदैछिन् नेपालमा विवादास्पद एमसिसीका उपाध्यक्ष फातिमा जेड ?

Fatima JSumar1630503982

नेपालमा विवादित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष नेपाल आउने भएकी छन् ।

हालै एमसीसीको उपाध्यक्षमा नियुक्त उपाध्यक्ष फातिमा जेड अर्को हप्ता नेपाल आउने भएकी हुन् ।

नेपाल भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग भेट गर्ने कार्यक्रम तय भएको बताइएको छ । सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सांसदहरुलाई भेट्ने कार्यक्रम रहेको एमसीसीको नेपालस्थित कार्यालयले जनाएको छ ।

नेपालले एमसिसी सम्झौताअनुसार सन् २०१७ मा हस्ताक्षर गरेको थियो। सम्झौताअनुसार नेपालले विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि करिब ५०० सय मिलियन अमेरिकी डलर पाउने छ।

पछिल्लो समय एमसीसीका बारेमा प्रचार सामाग्री नै बनाएर राष्ट्रिय टेलिभिजन लगायतका सञ्चार माध्यमबाट समेत विज्ञापन गर्न थालेको अवस्थमा एमसीसी उपाध्यक्ष नेपाल आउन लागेकी हुन् । उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।