१३ बैशाख २०८१, बिहीबार

नर्भिक अस्पतालमा उपचाररत् कलाकार निशा घिमिरेको निधन

Nisha Ghimire

नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ।

उनको उपचारका क्रममा बुधबार साँझ ६: ५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

सवारी दुर्घटनामा परेकी घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो।

बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताउनुभयो । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो ।

उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्।

जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निस्शुल्क उपचार थालेको थियो।