१६ चैत्र २०८०, शुक्रबार

निशाका बुबाले भने–छोरीका विषयमा चलेको हल्लाले भावविह्वल बनायो

IMG 20210615 080423 768x440 1

नर्भिक इन्टरनेश्नल हस्पिटलले कलाकार तथा मोडल निशा घिमिरेको पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी गराएको छ ।

आज पत्रकार सम्मेलन गर्दै अस्पतालले कलकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

अस्पतालले कलाकार घिमिरेको विषयलाई लिएर भ्रामक समाचार प्रसारण नगरिदिनसमेत आग्रह गरेको छ । भारतमा दुर्घटनामा परी तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्य अवस्था अझै स्थिर छ ।

काठमाडौँको नर्भिक अस्पतालमा तीन महिनादेखि उपचाररत उनको स्वास्थ्यमा कुनै सुधार आएको छैन । निशाको स्वास्थ्य अवस्थाबारे विभिन्न समाचार आउन थालेपछि अस्पतालले पत्रकार सम्मेलन गर्दै उनको स्वास्थ्यबारे जानकारी दिएको छ ।

निशाको सम्पूर्ण उपचार आफ्नै स्वामित्वमा गर्ने अस्पतालले जनाएको छ । अस्पतालमा उपलब्ध सम्पूर्ण प्रविधिको प्रयोग गरी उपचार भइरहेको मिश्रले बताए ।

मरणासन्न अवस्थामा उपचाररत छोरीको अवस्थाले परिवारलाई विह्वल बनाएको छ । यस्तो बेलामा सामाजिक सञ्जालमा आएका नकारात्मक समाचारले थप पीडा पुगेको उनका बुबाले बताए ।

निशाको उपचारमा अहिलेसम्म ५० लाखभन्दा बढि रकम खर्च भएको अस्पतालले जनाएको छ। उनको उपचारमा कुनै कसर नराख्ने जनाउ“दै अस्पतालले मानव समवेदनाका विषयमा जिम्मेवार भएरमात्र सूचना प्रवाह गर्न आग्रह गरेको छ ।