१४ बैशाख २०८१, शुक्रबार

रंगशाला पुगेर नेपाल र भारतबीचको खेल दर्शकले हेर्न पाउने

Stadium

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।

नेपाल सरकारले दुई देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृत दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

उनकाअनुसार पाँच हजार एक सय दर्शक रंगशाला पुगेर खेल हेर्न सक्नेछन् । तर, दर्शकले कोरोनाविरुद्धको दुवै डोज खोप भने लगाएको हुनुपर्ने छ । यस्तै पिसिआर रिपोर्ट भएका दर्शकलाई पनि मैदान छिर्न दिने एन्फाले बताएको छ ।

टिकट दर भने अहिलेसम्म तय भएको छैन । बैठक बसेर टिकटको दर तोक्ने तयारी एन्फाले गरेको छ । खेल भोलि बिहीबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

    सम्बन्धित समाचार...