७ बैशाख २०८१, शुक्रबार

स्थानीय तह र सीसीएमसीको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने

CDO KTM1616607651

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ ।

वैठकले यसअघि प्रतिबन्ध गरिएको सामुहिक खेलहरु, रोधीघरहरु ,सिनेमा हलहरु सामुहिक भेलाहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।

विद्यालयहरु भने स्थानीय तहहरुले जिल्ला कोभिड व्यवस्थापन समितिको समन्वयमा भौतिक रुपमा सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।

बालबालिकाहरुले अझै पनि खोप प्राप्त नगरेको अवस्थामा भौतिक रुपमा विद्यालय सञ्चालनमा आफूहरुले जोड नदिएको पराजुलीले बताउनुभयो ।

बैकल्पिक तरीकाबाट शिक्षण शिकाई क्रियाकलाप सञ्चालन गर्न नसक्ने अवस्था भएमात्र भौतिक रुपमा विद्यालयहरु सञ्चालन गर्न उहाँको आग्रह छ ।

जारी निषेधाज्ञाको अवधिमै कोरोना संक्रमणको जोखिम बढेको खण्डमा अहिले सञ्चालनमा आएका कतिपय पक्षहरु विचमा रोक लगाउन सकिने उहाँको भनाई छ ।

lockdown thap 16 bhadra