८ बैशाख २०८१, शनिबार

भदौ २८ मा लिखित परीक्षा इजरायल जाने कामदारको

Department of Foreign Employment

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने कामदारको पहिलो चरणको लिखित परीक्षा भदौ२८ गते लिने भएको छ ।

छनौट भएका सात हजार पाँच सय जनाको लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको विभागले जनाएको छ । विभागका अनुसार हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एक जनालाई मात्रै राखिने छ ।

परीक्षामा सहभागी हुने कामदारलाई विभागले इमेलमार्फत प्रवेशपत्र तथा परीक्षा केन्द्रको बारेमा जानकारी दिनेछ । कामदारले आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ ।

विभागलेसाउन१२ देखि इजरायल रोजगारीका लािग अनलाइन आवेदन माग गरेको थियो । साउन मसान्तसम्म नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये पाँच हजार चास सय ९९ पुरुष र चार हजार दुई सय महिला छन् ।

सहभागीमध्ये लिखित परीक्षाबाट एक हजार ६ सय ८० कामदार छनोट गरिनेछ । परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने र त्यसको १० दिनभित्र अन्तर्वार्ता लिइने विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले दोस्रो चरणको परीक्षाबाट १४ सय कामदार छनोट गर्नेछ । लिखित परीक्षाबाट उत्तीर्ण भएकाले अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तिम छनोटमा परेका कामदारलाई रोस्टरमा राखेर चिट्ठा प्रणालीमार्फत कामदारको छनोट गरिनेछ ।