१२ बैशाख २०८१, बुधबार

अध्यक्ष तिमिल्सिनाद्वारा राउटे बस्तीको अवलोकन

1

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गर्नुभएको छ।

कार्यक्रमको सिलसिलामा सुर्खेत आउनुभएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मङ्गलवार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझ्नुभएको हो।

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो।’सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन,’ उहाँले राउटे समुदायका मुखियासहितको टोलीसँग भन्नुभयो, ‘राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ।’

राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भए पनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरूको अवस्थामा सुधार नहुने बताउनुभयो।कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एक ठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने बताउनुभयो।

241044719 2594943767482056 5124222505238321702 n 1024x766 1