८ बैशाख २०८१, शनिबार

विदेशबाट काम नपाएर फर्किएका श्रमिकलाई स्वदेशमै उद्यमशील बनाउने कार्यक्रम सुरु गरिदै‌

ministry of employment

वैदेशिक रोजगारीबाट फर्केका नेपाली श्रमिकले आर्जन गरेको पुँजी, सीप , प्रविधि स्वदेशमै कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरु संग छलफल गरिरहेको छ ।

वैदेशिक रोजगारीको परनिर्भरता कम गर्नका विभिन्न सामाजिक संघ संस्थाको पैरवीपछि नेपालमा पनि वैदेशिक रोजगारीबाट फर्किने श्रमिकको पुन एकीकरणको कार्यक्रम सुरु हुन लागेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक तथा सरोकारवालहरुले सबैंलाई समेट्ने गरि कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

वैदेशिक रोजगारीबाट प्रयाप्त लाभ लिन नसकेका र पुन जान नचाहनेहरुलाई मातृदेशमै टिकाउनका लागि संसारभर नै अहिले पुन : एकीकरणको कार्यक्रम संचालन भइरहेका छन् । त्यस्ता युवालाई सरकारले स्वदेशमै काम गर्न बीउा पुजी, काम गर्नका लागि सस्तोमा बैंकबाट ऋण र अन्य प्राविधिक सहयोग उपलब्ध गराउछ ।

वैदेशिक रोजगारीबाट फर्किएका धेरै भन्दा धेरै युवालाई पालिका र प्रदेश संग समन्वय गरि कार्यक्रम संचालन गरिने श्रम मन्त्रालयका अधिकारीको भनाइ छ ।

सरकारले स्वदेशमै करिव आधा खर्बको युगा संग सम्वन्धित कार्यक्रम संचालन गरेपनि त्यसको प्रतिफल देखिएको छैन । पछिल्ला १२ महिनामा करिव साढे ६ लाख युवा वैदेशिक रोजगारीमा होमिएका छन ।

स्वदेश उद्यम गर्ने सोच सहित आउने युवा पनि पलायन भइरहेको अवस्थामा स्वदेशमै टिकाउने कार्यक्रमको खाँचो दिनदिनै बढेको छ ।