१५ चैत्र २०८०, बिहीबार

विश्व व्यापारको नियमविपरित तातोपानी र रसुवागढी नाका एकतर्फी रुपमा बन्द

tatopani border

दुई देशबीचको नाका बन्द गर्नुपूर्व दुई देशका अधिकारी बसेर सहमति गर्नुपर्ने अन्तर्राष्ट्रिय व्यापारको सामान्य नियम हो । तर चीन सरकारले कोरोना बढेको भन्दै गत शनिबारदेखि रसुवाढी नाका र बुधबारदेखि तातोपानी नाका बन्दगरेको छ ।

चीनले नाका बन्द गरेको यो पहिलो पटक होईन । सन् २०२० मार्चमा बन्द गरेको नाका डेढ वर्षपछि गत बर्ष आंशिक रुपमा आयात खुलेको थियो । तर निर्यात भने खुल्न सकेको थिएन ।

चीन सरकारले किन नाका बन्द गरेको हो र कहिलेसम्म गरेको हो भन्ने विषयमा नेपाली अधिकारीहरु अनविज्ञ छन् । विश्वव्यापार संगठनको नियम र अन्य दुई देश बीच भएका सन्धि सम्झौता अनुसार नाका बन्द गर्न दुवै देशको सहमति चाहिन्छ । तर चीनले सीमा नाकाहरु आफुखुसी खुलाउने र बन्द गर्ने गरिरहेको छ ।

गत वर्ष नाका खोलिएको भएपनि दैनिका ७ कन्टिनर मात्रै छोड्दा दशैंको लागि व्यापारीले आयात गरिएको सामान समयमा आउन सकेन । जसका कारण बजार महंगी अस्वभाविक रुपमा अकाशियो भने व्यापारीले करोडौं रुपैयाा गुमाउनु पर्यो । यसवर्ष पनि दशैंको सामान आयात गर्ने बेला नाका बन्द भएपछि व्यापारीहरु चिन्तित छन् ।

चीनले आंशिक रुपमा खोलेका नाकाबाट न्यून रुपमा भएपनि केहि न केहि आयात भईरहेको छ । तर निर्यात भने साढे २ वर्षदेखि ठप्प छ ।

भन्सार विभागका अनुसार गत आर्थिक बर्षमा चीनबाट २ खर्ब ५० अर्बको बस्तु आयात हुादा ८० करोड रुपैयााको बस्तु मात्रै निर्यात भएको छ । त्यो पनि समुन्द्री मार्ग भएर । दुई देशका उच्च अधिकारीदेखि परराष्ट्र मन्त्रीस्तरिय भेट भएपनि नाका सुचारु हुन सकेका छैनन् ।

अझ परराष्ट्र मन्त्री नारायण खड्का चीन भ्रमणमै भएको सयम चीनले दुई सीमा नाका बन्द गरेको हो ।