११ बैशाख २०८१, मंगलवार

काठमाडौं उपत्यकामा ५६४ संक्रमण पुष्टि, नाै हजार ४८ सक्रिय संक्रमित

610b7d44763b6 covid kathmandu

पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण पुष्टि भएकाे छ। काठमाडौंमा ४१३, ललितपुरमा ८७ र भक्तपुरमा ६४ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।

यस्तै, काठमाडौं उपत्यकामा ९०४८ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा पाँच हजार ४९१, ललितपुरमा दुई हजार १९६ र भक्तपुरमा एक हजार ३५१ सक्रिय संक्रमित छन्।

काठमाडाैं दुई हजार ९०, ललितपुरमा ६४१ र भक्तपुरमा ४१६ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ । यसरी अहिलेसम्म काठमाडाैं उपत्यकामा संक्रमणका कारण तीन हजार १४७ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएको छ ।