८ बैशाख २०८१, शनिबार

उपत्यकाको फोहोर भोलिदेखि उठ्ने

fohor

काठमाडौँ महानगरपालिकाले दुई हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलिदेखि उठाउने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँ का प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले फोहर उठाउने निर्णय गरेको हो ।

प्रमुख शाक्यले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरको मात्रै नभई सम्पूर्णको समस्या रहेकोले त्यसको सकारात्मक समाधानका लागि लागि सबैतिरबाट अपेक्षा गरेको बताउनुभयो ।

सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने निर्णय भएको पनि काठमाडौँ महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

करिब दुई हप्तादेखि उपत्यकाको फोहर नियमित रूपमा उठ्न सकेको छैन ।