७ बैशाख २०८१, शुक्रबार

नव गठित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने

Pradesh mantree parisad 768x512 1

नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नंं २ को सरकारमा सहभागी हुने भएको छ ।

दुई तीन दिन भित्रमा नै पार्टीको प्रदेश सभाका सदस्यहरूले हस्ताक्षर गरेर निर्वाचन आयोग तथा प्रदेश सभा सचिवालयमा दर्ता गरेपछि सरकारमा सहभागी हुने पार्टीका नेता एवं प्रदेश सभाका सदस्य शत्रुधन महतोले जानकारी दिनु भयो ।

उहाँले आफूहरूको साथमा अहिले १३ जना प्रदेश सभाका सदस्य भएको बताउँदै त्यस मध्ये एक जना भारतको दिल्लीमा उपचारको क्रममा रहेको जानकारी पनि दिनुभयो । नेकपा एमालेमा प्रदेश नंं २ मा २१ जना प्रदेश सभाका सदस्य रहेकामा १३ जनाले मतदान गरेर आफूलाई संसदीय दलका नेतामा निर्वाचित गरेकाले सोही सङ्ख्यामा पार्टीमा रहेको दाबी महतोले गर्नुभयो ।

आफूहरूको अध्यक्षले नै सरकारमा सहभागी हुने बताउनु भएकाले सल्लाहकारमा सहभागी हुने निश्चित भएको उहाँले बताउनुभयो ।

प्रदेश नंं २ मा अहिले जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेपाली काँग्रेसले ३ वटा मन्त्रालय, नेकपा (माओवादी केन्द्र)ले १ वटा मन्त्रालय सहित प्रदेश सरकारमा सहभागी रहेको छ ।

अहिले जनता समाजवादी पार्टीका मुख्यमन्त्री सहित सामाजिक विकास, अर्थ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा उद्योग पर्यटन वान तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकाले सोही मन्त्रालय मध्ये केही नव गठित नेकपा (एकीकृत समाजवादी) पाटीको पक्षमा जाने निश्चित भएको छ ।