१२ बैशाख २०८१, बुधबार

छान्न सकेन वाईसीएलले अध्यक्ष र पदाधिकारी, ३१ सदस्यीय केन्द्रीय समिति चयन

ycl

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको नेतृत्व सर्वसम्मत रुपमा चयन हुन नसकेपछि अध्यक्ष चयन नगरी २ सय ३१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिएको छ ।

विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालकोआज सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिनुभयो । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।

नयाँ केन्द्रीय समितिमा २३ जना भनेपछि मनोनित हुनेछन । इन्चार्ज दीपपशिखका अनुसार वाईसीएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २ सय ३१ जनामध्ये २३ जनापछि मनोनित हुनेछन् ।

नयाँ नेतृत्व चयनका लागि वाईसीएलको राष्ट्रिय भेला भर्चुअल विधिबाट भदौ १२ गते शुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ ।