
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृतहरूलाई खटाएको छ ।
भदौ १८ गते हुन लागेको वडा तहको अधिवेशनका लागि कांग्रेसले सोमबार साँझसम्म ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो ।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।


