१४ बैशाख २०८१, शुक्रबार

बाढीका कारण सुनसरीको श्रीलंका टापुमा ४० जना फसे

srilanka tapu

सप्‍तकोशी नदीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापुमा ४० जना मानिस फसेका छन् ।

स्थानीय प्रशासनले सुनसरीको बराहक्षेत्र वडा न ६ स्थित श्रीलंका टापुको गरैयामा फसेका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याउने प्रयास भइरहेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

प्रशासनले ५ वटा बोट सहित सेना र सशस्त्रको टोली परिचालन गरेको छ। कोशी नदीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुमा लामो सयमदेखि मानिस बस्दै आएका थिए।

सप्तकोशीमा पानीको बहाव यो बर्षकै सर्वाधिक प्रतिसेकेण्ड २ लाख ४९ हजार ६ सय क्युसेक मापन गरिएको छ ।