१५ चैत्र २०८०, बिहीबार

अहिले लोसपा सरकारमा सहभागी हुने संभावना छैन : महत

prakash saran mahat
फाइल फोटो

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने संभावना नरहेको बताउनुभएको छ ।

महतले अहिले उक्त पार्टी सरकारमा आउने संभावना नरहेको बताउनुभएको हो । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागीताबारे प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्न चाहे आफूहरु तयार रहेको बताएको अर्को दिन कांग्रेस सहमहामन्त्री महतको प्रतिक्रिया आएको हो ।

सहमहामन्त्री महतले लोसपासँग अरु विषयमा भने सहकार्य हुन सक्ने बताउनुभयो ।