१२ बैशाख २०८१, बुधबार

चलचित्र ‘लाइफ इन एलए’ छायाङ्कन पूरा दशैंमा रिलिजको तयारी

manoranjan

कोरोना भाइरसको कहरले फिल्म निर्माण कार्य ठप्प हुँदा फिल्मकर्मीहरु काम विहीन भइरहेका छन् ।

विषय परिस्थितिको समयमा पनि ‘‘लाईफ ईन एलए’’ चलचित्र निर्माण कार्यले केही फिल्मकर्मीलाई राहात प्रदान गरेको छ । फिल्मी क्षेत्रका लागि संसारकै प्रख्यात हलिउड रहेको लस एन्जलस शहर र नेपाल गरी दुई स्थानबाट चलचित्र छायाङ्कन गरिएको थियो ।

चार महिनाअघि सुन्दर नगरी पोखरा, तनहुँका रमणीय स्थानहरु र अमेरिकाको विभिन्न शहरमा छायाङ्कन शुरु गरी हालै पुरा भइ हाल सम्पादनको काम भइरहेको निर्माता बिस्सुले जानकारी दिनुभयो ।

चलचित्रमा रहेको ‘‘पागल प्रेमी’’ बोलको प्रताप दास र कविता श्रेष्ठको आवाजको रहेको गीत सोमबार काठमाडौंबाट सार्वजानिक गरिने बिसुले जानकारी दिनुभयो । यसै गरी ‘‘उदाएर आफै तिमी’’ बोलको प्रविसा अधिकारी र प्रताप दासको आवाजमा रहेको गीत पनि चाँडै नै सार्वजानिक गरिने निर्माता बिस्सुले बताउनुभयो ।

करिब १०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी ब्यास बिस्सु नायक रहेको चलचित्रको नायिकामा शिल्पा मास्के, अमेरिकाको न्यूजर्सी निवासी अकेशा बिष्टले अभिनय गरेका छन् ।

हलिउड चलचित्रका लागि प्रयासरत धेरै विदेशी कलाकारहरुको अभिनय चलचित्रमा समावेश गरिएको छ । चलचित्रका अन्य मुख्य कलाकारहरुमा सञ्चारकर्मी विष्णु गौतम, जेरेड बिलाप्स, आयुष केसी, प्रविन खत्री, जयन्द्र चिलुवाल, श्याम भुजेल हुनुहुन्छ । लस एन्जलसमा रहेका सामाजिक अभियान्ताहरु अनिल केसी, उत्तम थापा, विशाल ढकाल, राजन अधिकारी, नलिना चित्रकार, नारायण खनाल, गोपाल योगी, गोकुल पौड्यालसहित धेरै जनाको अभिनय चलचित्रमा समावेश गरिएको छ । चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी हुनुहुन्छ ।

हलिउडमै चलचित्र अध्ययन गरिरहनु भएका सुर्य श्रेष्ठले चलचित्रको निर्देशन गर्नु भएको छ । यसैगरी अमेरिकामै फिल्म क्षेत्रमा ग्र्याजुयट राजेन्द्र ठकुरी पनि यस चलचित्रको निर्माता हुनुहुन्छ । ब्यास इन्टरटेन्टमेन्टको लगानी रहेको चलचित्रमा क्यामेरामा हलिवुडमा धेरै फिल्ममा छायाङ्कन गरेका कृष वारेन हुनुहुन्छ । चलचित्रका गीतहरुलाई अमेरिकाको हलिवुड क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जसवन्त श्रेठले निर्देशन गर्नुभएको ब्यास इन्टरटेन्टमेन्टले जनाएको छ ।