१५ चैत्र २०८०, बिहीबार

संविधान र लोकतन्त्रविरोधी शक्तिहरुसँग ओलीको साँठगाँठ छ : माधव नेपाल

madhavnepal1630146315

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको संविधान र लोकतन्त्रविरोधी शक्तिहरुसँग साँठगाँठ रहेको बताउनुभएको छ ।

पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भएको टिप्पणी गर्नुभएको हो । ओलीको साथमा दरबारीय शक्तिहरुसँगै विदेशपरस्त, देशलाई टुक्रयाउँन चाहने, दक्षिणपन्थी, अवसरवादी शक्तिहरु एकताबद्ध भएको बताउनुभयो ।

देशलाई विभाजन गर्ने शक्तिहरुको सहयोगमा ओलीले संविधान र लोकतन्त्रको विरोध गर्दै दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो ।

तर संविधान र लोकतन्त्रको रक्षाका लागि ओलीको असंवैधानिक कदमको आफूहरले विरोध गर्दै आएको बताउदै नेपालले ओली प्रतिगमनको कदमबाट पछि नहट्ने र गरिएको सहमति कार्यान्वयन नगर्ने अडानमा रहेपछि अलग अलग बाटो समात्नुको विकल्प नभएको टिप्पणी गर्नुभयो ।