१५ चैत्र २०८०, बिहीबार

दश सांसदले एमाले त्यागेपछि प्रदेश १ का मुख्यमन्त्री आचार्य दुई दिनपछि नै संकटमा (नामसहित)

bhim acharya 1

नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका भीम आचार्य नेतृत्वको प्रदेश एक सरकार दुई दिनपछि नै संकटमा परेको छ ।

शनिवार प्रदेश १ का १० सांसदहरूले एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी रोज्ने निर्णय गरेपछि मुख्यमन्त्री आचार्यको सरकार राजनीतिक संकटमा पर्ने देखिएको हो ।

शनिबार विराटनगरको एक होटेलमा छलफल गरी १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् ।

एकीकृत समाजवादी रोज्ने १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहनुभएको छ । उहाँहरुले निर्वाचन आयोगमा मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेको हो ।

सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी थालेको समाजवादीका नेता राजेन्द्रकुमार राईले जानकारी दिनुभयो । उहाँले एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पु¥याउने दाबी गर्नुभएको छ ।

माधव नेपालको साथ छोडेर एमालेमै रहनुभएका भीम आचार्य नेतृत्वको सरकार ढल्ने निष्कर्ष निकाल्दै एक महिनाभित्र गठबन्धनको सरकार बनाउने तयारीका बारे समेत बैठकमा छलफल भएको एक नेताले बताए । अहिले बनेको सरकार संविधानविपरीत रहेको बताउँदै दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरूको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार आफूहरुलाई मान्य नहुने उनको भनाइ छ ।