१५ चैत्र २०८०, बिहीबार

संविधान संशोधन आवश्यक प्रधानन्यायाधीशविना संवैधानिक इजलास बन्न

cholendra shumsher
फाइल फोटो

नेपालको संविधानले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना नगरेको पाइएको छ ।

संविधानको धारा १३७ संवैधानिक इजलास गठन अन्तर्गत दफा (१) मा उल्लेख भए अनुसार सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधान न्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने प्रावधान रहेको छ ।

संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासको नेतृत्व गर्न दिएको हुँदा संवैधानिक जिम्मेवारीका कारण पनि प्रधानन्यायधीश जबरा इजलासमा उपस्थित रहनु आवश्यक देखिन्छ।

संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दामा रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायाधीश राणा इजलासबाट बाहिरिने बताउनुभएको थियो । तर संंविधानले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन कल्पना नगरेकाले आगामी शुक्रवारका लागि तोकिएको पेसीको कानूनी वैधता के हुन्छ ? भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

sambidhan 63