१९ बैशाख २०८१, बुधबार

हालसम्म नेपाली कांग्रेसको ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

nepali congress

नेपाली कांग्रेसले हालसम्म ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।

क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद टुंग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले प्रकाशित गरेको हो । क्रियाशील सदस्यता वितरणमा विवाद आएपछि केही ढिलाइ गरेर नामावली सार्वजनिक गर्न सुरु गरेको हो ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा प्रकाशित गरिएको छ ।

कांग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले विज्ञप्ति जारी गरेर सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जानकारी दिनुभएको छ । समितिले १० गते ३८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको र ११ गते थप १० जिल्लाको नामावली प्रकाशित गरेको जनाएको छ