१४ बैशाख २०८१, शुक्रबार

अब सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्ने पौडेल समूहको निर्णय

congress 2

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अब आफ्नो सम्पूर्ण ध्यान पार्टीको महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुनेगरी त्यसमा केन्द्रित हुने निर्णय गरेको हो ।

महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औंपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेल पक्ष महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।

पौडेल पक्षले २ दिन भित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि पार्टी सभापति देउवालाई दबाव दिएको छ ।

दुई दिनभित्र क्रियाशील सदस्यहरुको बाँकि विवाद समाधान गरी वडा अधिवेशन भदौ १८ गत नै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयनमा अघि बढने निर्णय पनि गरिएको नेता सिंहले बताउनुभयो ।