१२ बैशाख २०८१, बुधबार

कैलालीमा सेनिटाइजर पिउँदा एकजनाकाे निधन

death

कैलालीमा सेनिटाइजर पिउँदा एकजनाकाे ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१२ डी गाउँका ३८ वर्षीय टीकाराम बराइली विकको ज्यान गएको हो ।

आफ्नै घरमा सेनिटाइजर पिएका विकको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । विकले भदौ ९ गते सेनिटाइजर पिएका प्रहरीले जनाएकाे छ । त्यसपछि घरमै बसेका उनलाई टाउको दुख्ने समस्या भएको थियो । आफन्तले जुगेडामै रहेको कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकलमा औषधि गराएका थिए ।

उपचारपछि निको भएका विकलाई घर लग्दा फेरि समस्या बल्झिएको र उपचारको लागि निसर्ग अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनकाे ज्यान गएको हाे ।

कोभिड महामारी सुरु भएदेखि घर–घरमा सेनिटाइजर राख्ने गरिएको छ । सेनिटाइजरको सेवनले ज्यान जाने गरेकाले सचेत हुन आवश्यक देखिन्छ।