१५ चैत्र २०८०, बिहीबार

पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाद्वारा ड्रोन हमला, आईएसका मूख्य योजनाकार मारिएको दाबी

47071475 9924567 image m 43 1629870125487

अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) समूह लक्षित गरि ड्रोन हमला गरेको छ ।

हमलामा समूहका एक सदस्य मारिएको अमेरिकी सेनाका अधिकारीहरुले बताएका छन्।

अमेरिकी सेनाले नगहर प्रान्तमा आईएस के समूहका एक योजनाकारलाई लक्षित गरि आक्रमण गरिएको थियो ।

आईएस केले बिहीबार काबुलमा गरेको आक्रमणमा १३ अमेरिकी सेना सहित १९० बढीको ज्यान गएपछि अमेरिकी सेनाले ड्रोन हमला गरेको हो ।

ड्रोन हमलामा आईएसका प्रभावशाली नेता मारिएको तर सर्वसाधारण कसैको हताहती नभएको प्रारम्भिक जानकारी प्राप्त भएको बिबिसीले जनाएको छ ।

राष्ट्रपति जो बिडेनले शुक्रबार बिहीबार भएको आत्मघाती बम हमलामा संलग्न जिहादीहरुको खोजी गर्ने वाचा गरेका थिए।

आईएसके र इस्लामिक स्टेट खोरासान प्रान्तले आक्रमणको जिम्मा लिएको छ । काबुल विमानस्थल बाहिर पुरुष, महिला र बालबालिकाको भीडमा विस्फोट भएको थियो। आक्रमणमा देश छोड्न खोज्ने दर्जनौं अफगानी मारिएका छन् । मारिएकामा अमेरिकी कर्मचारीहरु, दुई ब्रिटिश नागरिक र एक ब्रिटिश नागरिकका बालक समेत रहेका छन् ।

बिहीबार विस्फोट भएपछि अफगानिस्तानमा यो पहिलो अमेरिकी ड्रोन हमला हो।

अफगानिस्तानको नगहर प्रान्तमा आईएस के समूहका एक योजनाकारलाई लक्षित गरि मानव रहित हवाई हमला भएको अमेरिकी सेनाका केन्द्रीय कमाण्डका क्याप्टेन बिल अर्बनले पुष्टि गरेका छन् ।