१४ बैशाख २०८१, शुक्रबार

पहिलो र अन्तिम सुनुवाइमा प्रधानन्यायाधीश जबरा संलग्न नहुने

cholendra 1

सर्वोच्च अदालते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

शुक्रबारका लागि परेको उक्त रिटको पेशीको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

२०७७ मंसिर ३० मा सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरेर अध्यादेश जारी गरेको थियो ।

यसविरुद्ध सर्वोच्चमा ६ वटा रिट परेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरी ल्याएको अध्यादेशमार्फत् दुई पटक गरी ५८ पदाधिकारीलाई संवैधानिक निकायमा नियुक्ति गरिएको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधािनक इजलासमा सुनुवाइ परेको थियो ।

तर, अध्यादेश अनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्म रहेको भनी लिखित जवाफ लेखेकाले प्रधानन्यायाधीश जबरारहीत इजलासमा सुनुवाइ हुनुपर्ने रिट निवेदनहरुले माग गरेका छन् ।

रिट निवेदनहरुले जबरारहीत इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेपछि संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेका निवेदनको पहिलो र अन्तिम सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संलग्न नहुने हुनुभएको छ ।

रिट निवेदनको पेशी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले पाउनुभएको छ भने मुद्दाको फैसला हुने दिन प्रधानन्यायाधीश जबरा बिदामा बस्नुहुने छ ।