२२ मंसिर २०७८, बुधबार

सभापति देउवालाई दबाव दिने तयारीमा वरिष्ठ नेता पौडेल समूह

Deuba Poudel
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यता तत्काल टुङ्गो लगाउन दबाब दिँदै हुनुहुन्छ ।

आज बिहान बसेको आफू पक्षीय नेताको बैठकले गरेको निर्णय अनुसार नेता पौडेलले सभापति देउवालाई भेटन लाग्नुभएको हो ।

पौडेलले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो शुरु गर्न दबाब दिन लागेको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिनु भयो ।

नेपाली कांग्रेसको महाधिवेशन बैधानिक ढंगले आगामी मंसिर ९ देखि १३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका विवाद अझै समाधान हुन सकेको छैन ।

यसअघि बिहान पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापन इतरका नेताहरुको छलफलले सभापति देउवालाई भेटेर दवाव दिने निर्णय गरेको थियो ।