४ बैशाख २०८१, मंगलवार

(सूचीसहित) कांग्रेस केन्द्रीय निर्वाचन समितिले खटाए ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि

Nepali Congress CC Meeting 2 1024x598 1
फाइल फोटो

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै समितिले मतदान अधिकृत खटाएको हो ।

केन्द्रीय निर्वाचन समितिले आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशन समेतको निर्वाचन गर्न ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।

मतदान अधिकृतहरु शुक्रबार नै जिल्ला जाने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताए । मतदान अधिकृतलाई पार्टी विधान, निर्वाचन निर्देशिका, मतदाता सूची र प्रमाणपत्रसहित खटाइएको समिति संयोजक यादवको भनाई छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले भने क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग राख्दै सानेपामा धर्ना दिँदै आइरहेका छन् । बाँकी ३९ जिल्लाको सदस्यता पनि आइतबारसम्म सार्वजनिक गरिने कांग्रेसको तयारी छ ।

प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको हो । प्रदेश दुईका कुनै पनि जिल्लाको सदस्यता सार्वजनिक गरिएको छैन ।

क्रियाशील सदस्यता सार्वजनिक गरिएको जिल्लामा प्रदेश १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापा रहेका छन् ।

त्यस्तै बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ भने गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सार्वजनिक गरिएको छ ।

कांग्रेसले लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यता सावजनिक गरिएको छ भने कर्णाली प्रदेशका रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यता सार्वजनिक गरिएको जनाएको छ ।

सूची

Congress Kriyashil sadasyata 2
Congress Kriyashil sadasyata final3