४ बैशाख २०८१, मंगलवार

स्कुटर चोरेर नम्बर परिवर्तन गर्न हिडेका युवक नियन्त्रणमा

scoter 1

स्कुटर चोरेर नम्बर परिवर्तन गर्न हिडेका युवक स्कुटरसहित ट्राफिक प्रहरीकाे नियन्त्रणमा परेका छन् । काठमाण्डाै‌काे गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न ती युवक स्कुटर चोरी गरि भाग्दै गर्दा पक्राउ परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डाै‌को सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा ७० प ५०५३ नम्वरको हरियो रंङको डिओ स्कुटर लिई हिडिरहेको अवस्थामा गोकर्णेश्‍वरको अर्यालगाउँबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

पक्राउ पर्नेमा सिराहाको कर्जना नगरपालिका २ भुल्के घर भई काठमाण्डौ गौरीघाट बस्ने २४ वर्षीय अर्पण महत रहेका छन् ।

स्कुटर धनी काभ्रेको पाँचखाल घर भई गोकर्णेश्‍वर नयाँबस्ती बस्ने प्रविन श्रेष्‍ठले भदौ ९ गते अन्दाजी १२ बजे हराएको भनी हुलिया सहित जानकारी दिएपछि सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको हो । अनुसन्धानको क्रममा उक्त स्कुटरको वास्तविक नं परिबर्तन गर्ने अवसरको खोजी गर्दै हिडेको अबस्थामा दिउसो ४ बजे महत पक्राउ परेको प्रहरीको भनाइ छ ।

चोरेको स्कुटर सहित पक्राउ परेका युवकलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको महाशाखाले जनाएको छ ।