१५ चैत्र २०८०, बिहीबार

आजदेखि सुनुवाइ हुँदै संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा

Supreme Court 43KnAVGEAY

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठकसम्बन्धी नियम सच्याएर गरिएका नियुक्त खारेजीको माग गर्दै परेको रिटमा शुक्रबारबाट सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्तिको खारेजीसम्बन्धी रिटको पेशी आज तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधािनक इजलास सुनुपाइ हुने छ ।

२०७७ मंसिर ३० मा सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरेर अध्यादेश जारी गरेको थियो ।

यसविरुद्ध सर्वोच्चमा ६ रिट परेका थिए । तर, मुद्दामाथि हालसम्म सुनुवाइ भने हुन सकेको छैन ।