८ बैशाख २०८१, शनिबार

कांग्रेस सभापतिका दावेदार निधिले लिए धार्मिक गुरुहरुबाट आशिर्वाद

nidhi

सभापतिका दावेदार नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले धार्मिक गुरुहरुबाट आशिर्वाद लिएका छन् ।

थापागाउँस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय स्थापनाअघि आज बिहान निधिले धार्मिक गुरुहरुबाट आशिर्वाद लिएका हुन् ।

निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार, निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट आशिर्वाद लिएका हुन् ।

उनले आजदेखि औपचारिक रुपमा बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको स्थापना गर्दैछन् । सो कार्यालयको उद्घाटन हुँदैछ ।