१४ बैशाख २०८१, शुक्रबार

मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाइ आज

Mohammad Aftab Alam Rautahat bomb blast
फाइल फोटो

सर्वोच्च अदालतले मोहम्मद आफताब आलमको सुनुवाइका लागि शुक्रबार पेशी तोकेको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको जानकारी दिनुभयो ।

२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई २०७६ असोज २६ मा पक्राउ गरिएको थियो ।