८ बैशाख २०८१, शनिबार

राजधानी काबुल विस्फोट : १३ अमेरिकीसहित ६० को निधन, १ सय ४० घाइते

kabul airport 1

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित ६० भन्दा बढी मानिसहरूको निधन भएको छ। घटनामा १ सय ४० भन्दा बढी मानिसहरू घाइते भएका छन् । विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी दुई वटा आत्मघाती बम विस्फोट गराइएको थियो ।

विस्फोटको जिम्मा मुस्लिम आतङ्कवादी समूह इस्लामिक स्टेट खुरासानले लिएको छ। यो घटना अमेरिकाका लागि सन् २०११ पछि यत्ताकै खतरनाक हमला हो ।

आफ्ना १३ सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त विस्फोटले आफू विक्षिप्तसँगै आक्रोशित भएको बताउनुभएको छ ।
विस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्नुहुँदै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताउनुभयो ।

‘जसले यो विस्फोट गरे र अमेरिकालाई हानी पुर्‍याउन चाहने जोसुकैले पनि थाहा पाइराख्नू हामी माफ दिनेवाला छैनौँ न त बिर्सने छौँ,’ बाइडेनले भन्नुभयो ,‘हामी तिमीहरूलाई फेला पार्नेछौँ र यसको मूल्य चुकाउन लगाउने छौँ।’

यसअघि बिहीबार बिहानै अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकले गुप्तचरको सूचनाका आधारमा काबुल विमानस्थलमा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत रहन र त्यहाँ नजान आग्रह गरेका थिए।

120299137 120298308 gettyimages 1234877793 1 768x432 1

अगस्ट १५ मा विद्रोही समूह तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी र नाटो सैनिकले विदेशी र अफगान नागरिकको उद्धारका लागि काबुल विमानस्थल सञ्चालन गरिरहेका छन्।

तालिबान काबुल पसेपछि बिहीबार पहिलो पटक काबुलमा यति ठूलो आक्रमण भएको हो।संसारभरका देशहरू यत्तिखेर अ अफगानिस्तानबाट आफ्ना नागरिकहरूलाई सुरक्षितरुपमा फिर्ता गर्ने मिसनमा कार्यरत छन् । यो घटनाले संसारभरीका देशमा हलचल मचाइदिएको छ । कयौदेशका नेताहरूले घटनाको कडा शब्दमा भर्त्सना गरेका छन् ।