 
								आसन्न चौधौं केन्द्रीय महाधिवेशनको छलफलका लागि वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला लगायतका नेताहरु शुक्रबार बिहान काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवास ठमलेस्थितको चाकसीबारीमा पुग्नुभएको छ । साथै शेखर कोइराला, अर्जुननरसिंह केसी, सीतादेवी यादव लगायतका शीर्ष नेतृत्व सिंह निवासमा छलफल जारी रहेको सिंहका प्रेस संयोजक यूपी लामिछानेले जानकारी दिनुभएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेसको चौधौ केन्द्रीय महाधिवेशनको प्रक्रिया भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने तय भएसँगै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह लगायतका शीर्ष नेताहरुले विधि र विधान अनुरुपका क्रियाशील सदस्यताहरुलाई मात्र मान्यता प्रदान गर्न सकिने भन्दै पार्टीमा साेही अनुसार लबिङ गर्न छलफलमा जुट्नु भएकाे हाे ।
 
											 
											 
									 
									 
									