१५ बैशाख २०८१, शनिबार

अझै टुंगिन सकेन कांग्रेसभित्रको क्रियाशील सदस्यता विवाद

nepali congress

सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धि विवाद अझै साम्य हुन सकेको छैन । नेता प्रकाशमान सिंहको भनाइबाट यो तथ्य पुष्टि हुन्छ ।

आज मंगलादेवी सिंहको २५औँ स्मृति दिवसका अवसरमा नेता सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाउँदै क्रियाशील सदस्यताको सवालमा मनलाग्दी गरेको आरोप लगाए ।

बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सैह्य नहुने बताएका हुन ।

उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए ।

नेता सिंहले सभापति देउवाले जान्दा जान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताए ।

नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँदली भएको आरोप लगाए । उनले नेपाली कांग्रेस जस्तो डेमोक्रेटिक पार्टीले पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताए ।

नेता सिंहले आफ्नी आमा तथा महिला हकहितकर्मी स्व. मंगलादेबी सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरुलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरुले आफ्नो हकहित सुरक्षाका लागि अझै लड्न आवश्यक रहेको बताए ।