१३ बैशाख २०८१, बिहीबार

कञ्चनपुरमा निषेधाज्ञा भदौ २० गतेसम्म थपियो

CDO OFFICE KANCHANPUR 20210323201117

कञ्चनपुरमा जारी निषेधाज्ञा भदौ २० गते सम्मका लागि पुनः थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आजसम्म जारी निषेधाज्ञालाई लम्ब्याई २० गतेसम्म थप गर्ने निर्णय भएको बताउनुभयो ।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ ।

यस्तै अत्यावश्यक सवारी साधन, सरकारी, निजी तथा मालवाहक लगायतका सवारीसाधन सञ्चालन गर्न पाइने छ ।

अत्यावश्यकीय बाहेकका सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

यस्तै सरकारी कार्यालय, सार्वजनिक निकाय, बैङ्क वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । तर अत्यावश्यक भएको अवस्थामा बढीमा २५ जना सहभागी हुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ ।

विवाह व्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउने जनाइएको छ ।