२९ बैशाख २०८१, शनिबार

जनताको समृद्धीको आकांक्षा पूरा गर्न प्रतिवद्द भएर लाग्नेछौं : माधवकुमार नेपाल

madhav

कपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी नेपाली जनताको समृद्धीको आकांक्षा पूरा गर्न प्रतिवद्द भएर लाग्ने बताउनुभएको छ ।

निर्वाचन आयोगबाट दल दर्ताको औपचारिक प्रमाणपत्र प्राप्त भएलगत्तै सामाजिक सञ्जाल मार्फत अध्यक्ष नेपालले नेपाली कम्युनिष्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एकीकृत समाजवादी कटिवद्द भएर लाग्ने बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्नु बाध्य भएको बताउनुभएको हो ।

उहाँले नेकपा (एकीकृत समाजवादी) को गठन नेकपा एमालेको पुनर्गठनस्वरुप भएको दाबी समेत गर्नुभएको छ । २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएको भए पनि भदौ ९ गते संघीय संसदका ३४ जना सांसद र तत्कालीन नेकपा (एमाले) को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भएपछि दल दर्ताको मान्यता पाउन सफल भएको पनि अध्यक्ष नेपालले उल्लेख गर्नुभएको छ ।

उहाँले अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिदै बिद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायतको साथ र समर्थनले पार्टीको पुनर्गठन सम्भव भएको बताउनुभएको छ ।