७ बैशाख २०८१, शुक्रबार

विराटनगरका अस्पतालमा विचौलियाको बिगबिगी, एकैदिन १० जना पक्राउ

pakrau1629953145

विराटनगर महानगरपालिकाका अस्पतालमा विचौलियाको काम गर्ने १० जना पक्राउ परेका छन् । विभिन्न अस्पतालमा विरामी र आफन्तलाई भ्रमित पारेर आफूअनुकुल अस्पताल वा क्लिनिकमा भर्ना गराउने १० जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुले अस्पतालमा उपचार गराउन आएका विरामी र आफन्तसँग यहाँ डाक्टर राम्रा छैनन्, कोरोनाका विराधी धेरै छन्, औषधि उपचार पनि राम्रो हुँदैन भन्नेजस्तो भ्रम छरेर आफूअनुकुल अस्पताल र क्लिनिकमा उपचार गराउने र आफ्नै सम्पर्कमा रहेका फार्मेसीबाट औषधि किन्न लगाउने काम गर्दै आएका थिए । उक्त कार्य गर्ने गिरोहलाईनै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी दुहबीका ५ वर्षीय श्रीराम चौधरी, सिरहाका २० वर्षीय सूर्यनारायण यादव, मोहङ कटहरीका ४२ वर्षीय मोहम्मद जलिद, मोरङ, विराटनगर महानगरपालिका–७ का १८ वर्षीय विश्वास मण्डल छन् । त्यसैगरी वडाका २३ वर्षीय रोशन गुप्ता, १९ वर्षीय सुजित यादव, २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समीर खान, १८ वर्षीय सरोज खान र १८ वर्षीयष् अमित यादव छन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।