७ बैशाख २०८१, शुक्रबार

शुक्रबारदेखि काठमाडौं जिल्लाका सबै नागरपालिकमा भेरोसेल खोपको दोस्रो मात्रा, कहाँ कहाँ छन् खोप केन्द्र ?

corona vaccine
सांकेतिक तस्विर

काठमाडौं जिल्लामा शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गते शुक्रबारदेखि ३ दिन भेरोसेल खोपको दोस्रो मात्र दिइन लागेको हो । काठमाडौं जिल्लाका काठमाडौं महानगरसहित ११ वटै नगरपालिकामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर अनिवार्य साथमा बोकेर ल्याउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभएको छ ।

खोप केन्द्रबारे पूर्ण जानकारीका लागि विज्ञप्ति हेर्नुहोस् :

11191475611