
फाइल फोटो
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू बाहिरिएको आशय व्यक्त गरेका छन् ।
बुधवार सामाजिक सञ्जाल फेसबुकमा ‘आइ एम आउट, लेट्स पोलिटिक्स वर्क’ भन्दै एन्फा भित्रको राजनीतिका कारण आफू बाहिरिएको आशय व्यक्त गरेका हुन् ।
उनले लेखेको स्टाटसले नेपाल खेल क्षेत्रमा फेरि तरंग ल्याएको छ। उनले नेपाली फुटबलको प्रशिक्षकबाट बाहिरिएको संकेत गरेका हुन् ।
प्रशिक्षक अल्मुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाएको केही घण्टामा उनले यस्तो स्टाटस लेखेका हुन् ।
प्रतिवेदनमा अल्मुताइरीको व्यवहारलाई समेत प्रश्न उठाएर उनले फेसबुकमा नेम्वाङबारे लेखेको स्टाटस हटाउनुपर्ने सुझाव दिइएको छ। यसअघि पनि अल्मुताइरीलाई उक्त स्टाटस हटाउन एन्फाले आग्रह गरेपनि मानेका थिएनन्।