११ बैशाख २०८१, मंगलवार

कति छ गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको सम्पत्ति ?

gandaki pradesh

गण्डकी प्रदेश सरकारका मन्त्रीको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वेबसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मन्त्रिपरिषद् गठनको दुई महिनापछि प्रदेश सरकारले ११ मध्ये ९ जना मन्त्रीको मात्रै सम्पत्ति विरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २५ लाख रुपैयाँ ऋण देखाउनु भएको छ ।

प्रदेशसभा सदस्य भएपछि प्राप्त तलब वापतको पाँच लाख नगद, पोखरेलसँग पाँच तोला सुन, श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर र काठमाडौं र तनहुँमा जग्गा रहेको उल्लेख छ ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा सबैभन्दा धनी देखिनुभएको छ । उहाँको नाममा पोखराका विभिन्न ६ ठाउँमा घर, जग्गा, विभिन्न वित्तिय संस्थामा लगानी तथा बचत छ ।

युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाउनु भएको छैन ।